दाङमा कसरी भयो दुर्घटना ?

12510230_1219126498115075_9152134148986583051_nदाङ, दाङ–घोराही सडक खण्डको सौडीकुलामा भएको सवारी दुर्घटनामा परि बुधवार विहान सात जनाको मृत्यु भएको छ भने १९ जना यात्रु घाइते भएका छन् ।

घोराही वाट तुलसीपुर तर्फ आउँदै गरेको पद्मोदय पब्लिक नमुना स्कूलको रा१क १९१ नम्वरको वस र तुलसीपुरवाट घोराही तर्फ जाँदै गरेको रा १ ज ३७२ नम्वरको माइक्रो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । बुधवार विहान ९ बजे तिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए । एसपी कडायतका अनुसार घाइते यात्रु सबै हायसका हुन ।

स्कूल वसमा चालक मात्रै रहेको र उक्त वस विद्यार्थी लिन भनि आउन लागेकोले क्षति कम भएको वताइएको छ । घाइते सबैलाई प्रहरीका गाडी, एम्वुलेन्सको साहेताले अहिले अस्पताल पु¥याइएको छ । हायसका चालक सहित अन्य ६ जना जति यात्रुको अवस्था गंभिर रहेको प्रहरीले बताएको छ । तर यो खबर तयार पार्दा सम्म घाइतेको नाम र ठेगाना पहिचान हुन नसकेको  जिल्ला ट्राफिक प्रमुख अरुण कुमार सिहंले बताएका छन ।

सम्बन्धित शिर्षकहरु