कात्तिक २ । काठमाडौँ, भारतले आफ्नो पूर्ववत अडान दोहोर्याउँदै मधेस मामिलालाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै नेपालभित्रको राजनीतिक समस्या र द्विदेशीय सीमावर्ती तनाव नसुल्झुन्जेल सुरक्षा खतराका कारण सहज ढुवानी नुहने संकत दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
भारतद्वारा जारी अघोषित नाकाबन्दीसहितका मामिलामा छलफल गर्न र निकासा पहिल्याउन दिल्ली उत्रिएका उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापाले द्धिदेशीय पारवहन समस्या सुल्झने कुरामा सकारात्मक बन्न सकिने भएपनि तत्काल केही भन्न नसकिने प्रतिक्रिया दिए ।
‘मधेसमा देखिएको अशान्त गतिविधि र आन्दोलन हाम्रो आन्तरिक राजनीतिक समस्या हो। यसलाई हामी राजनीतिक तबरमा मिलाउँछौं’ भन्दै भारतीय सद्भाव लिने प्रयत्नमा जुटेका थापाले आइताबर भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका थिए ।
‘भेटवार्ताहरु सकारात्मक भएका छन् । आपसी समस्या समाधानमा छिट्टै पहल हुनेमा म विश्वस्त छु ।’ भेटवार्तापछि थापाले भने । सोमबार नेपाल फर्किनु अघि थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।








