सिड्नी, ग्रानभिल नेपाली कम्युनिटी क्लवद्वारा आयोजना गरिएको यस बर्षको दशैं तिहार साँझ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।
गत शनिवार ग्रान्भिल टाउन हलमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन क्रियाशील हुने आयोजक र सहभागी सवैलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै कार्यक्रम आयोजनामा सहयोग गर्नु हुने ब्यवसायीहरू, कलाकारका सम्पुर्ण टोली, मीठो खानाको निमित्त क्याटरिङको प्रवन्ध मिलाउने एभरेष्ट तन्दुरी रेष्टुरेन्छ लगायतलाई पनि आयोजकले धन्यवाद दिएको छ ।
यसैगरी आगामी अक्टोवरको ३१ तारिख शनिवार ग्रान्भिल नेपाली कम्युनिटी क्लव ग्रान्भिलको सयुक्त प्रयासमा नेपालबाट आएका बाबा आमाहरूको निशुल्क स्वास्थ्य परिक्षणको निमित्त स्वास्थ्य शिवीरको आयोजना गरिएकाले सबै बाबा आमा र भेटघाटका निमित्त आएका आ–आफ्ना आफन्तहरुलाई आफ्नो नाम दर्ता गराउनु पनि आयोजकले अनुरोध गरेको छ ।
त्यस्तै ग्रान्भिल अभिभावक समितिका बाबा आमाहरूको बिहान बेलुका भेट हुने स्थान ग्रान्भिल स्वीमिङ पुल नजिकैको पार्कमा भेट हुँदा पनि नाम दर्ता गर्न गराउन सकिने संस्थाका महासचिव राम रूवालीले असनेपालन्यूजलाई जानकारी दिएका छन्।







