ओलीको दौडधुप जारी

K.P. Oli Photo: THT file

भक्तपुर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका बारेमा विभिन्न दलका नेतासित आज भेटवार्ता गरिरहेका छन्।

ओली निवास बालकोटमा भएको सो भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष ओली, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, अग्नि खरेल तथा नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेल, शक्ति बस्नेतका सहभागी छन्।

यस अधि अध्यक्ष ओली र नेकपा मालेका अध्यक्ष सिपी मैनाली, जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताबीच भेटवार्ता भएको थियो ।

सम्बन्धित शिर्षकहरु