असोज ६ । काठमाडौँ, समयमै संविधान जारी गर्न नेपाली राजनीतिक पात्रलाई प्रोत्साहित गर्दै आएका राष्ट्रसंघीय महासचिव वान की मुनले झण्डै भारतकै शैलीमा संविधान घोषणामा उत्साहविहीन् प्रतिक्रिया दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय महासचिव वान की मुनका प्रवक्ताले मंगलबार जारी गरेको बक्तव्यमा नेपालमा संविधान अनुमोदन भएकोबारे जानकार रहेको मात्र उल्लेख गरेका छन् । यसअघि भारतले पनि नेपालको संविधानबारे आफू जानकार रहेको मात्रै उल्लेख गरी संविधान घोषणालाई स्वागत गरेको थिएन ।
राष्ट्रसंघले समेत भारतकै शैलीमा वक्तव्य जारी गरेको छ । । अघिल्लो साता संविधानको मतदान प्रक्रिया दुई दिन स्थगित भएका बखत राष्ट्रसंघका महासचिव बानले त्यसको स्वागतमा तत्कालै वक्तव्य निकालेका थिए । ढिला गरी मंगलबार राष्ट्रसंघले संविधान जारी भएकोमा वक्तव्य निकाल्यो । न त राष्ट्रसंघले नेपाली जनतालाई बधाई दिएको उल्लेख छ न त स्वागत नै गरेको छ । उसले तराईमा जारी हिंसात्मक घटनामा भने चासो देखाएको छ । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








