कक्षाकोठाको स्वरुप बदलिनेछ – उपकुलपति खनियाँ

Tirtha-Khaniyaकाठमाडौँ,  त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा तीर्थराज खनियाँले कक्षाकोठाको स्वरुप बदल्ने र शिक्षण क्रियाकलापमा परिवर्तन ल्याउने बताएका छन् ।

उपकुलपति खनियाँसँग आइतबार शिक्षा पत्रकार समुहले गरेको अन्तक्र्रियामा उनले पुरानो पढाइ शैलीले अहिलेको विश्वव्यापी शिक्षासँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आफूले सहभागितामूलक र अन्तक्र्रियात्मक अध्यापन शैली स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कक्षाकोठामा नजानेका कुरा पुनः सोध्न ‘ट्युटोरियल’ सहायक कक्षा सञ्चालन हुनुपर्नेमा जोड दिँदै उपकुलपति खनियाँले प्राध्यापकसँग विश्वविद्यालयले लिएको समयको सदुपयोग पनि यही कक्षाबाट गर्न सकिने बताए। “प्राध्यापकले कक्षामा पढाएपछि उनीहरुको काम सकिँदैन, विद्यार्थीले पछि खाली समयमा पनि सोध्न सक्ने वातावरण हुनुपर्छ”, उनले भने ।

शिक्षा क्षेत्रमा देखिएको बेथितिका कारण शिक्षा नीति नहुनु हो भन्दै उनले शिक्षाका कार्यक्रममात्र लागू हुने तर नीतिमा ध्यान दिन नसक्दा शिक्षामा सुधार हुन नसकेको बताए ।

सम्बन्धित शिर्षकहरु