अमरेशले स्पष्टीकरण पत्र बुझे

amresh-kumar-singhकाठमाडौँ,  विवादास्पद अभिव्यक्ति दिएका नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले शुक्रबार पार्टी कार्यालय सानेपा पुगी स्पष्टीकरण पत्र बुझेका छन्।

सभासद् सिंहले कैलालीको टीकापुरमा सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै काँग्रेस केन्द्रीय समितिले बुधबार सिंहसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीका अनुसार सिंहले पत्र बुझेको २४ घन्टाभित्र स्पष्टीकरण दिनुपर्नेछ ।

सिंहलाई मधेसी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोसँगै टीकापुरमा भएको थारुहटको कार्यक्रममा स्थानीय समुदायलाई अधिकारका लागि हतियार उठाउन उक्साएको विवादास्पद अभिव्यक्ति दिएको आरोप लागेको थियो ।

त्यसको केही दिनपछि सोमबार थारु समुदायको आन्दोलनमा भड्किएको भीडले वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ जना प्रहरी र एक नाबालकको हत्या गरेको थियो ।

यसअघि काँग्रेस संसदीय दलले सिंहसँग प्रदेश नपाए देश माग गर्दै नारा लगाएको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण लिएको थियो ।

सम्बन्धित शिर्षकहरु