मुस्लिम समुदायले इदुल फित्र मनाउँदै

साउन १३ ।काठमाडौ, मुस्लिम दर्मलम्बीहरुले हिजो रोजा सम्पन्न गरेर आज धार्मिक पर्व इद मनाइरहेका छन ।

विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने, अल्लाहको एवादत गर्ने, झुठो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखी असल काम गर्ने गर्दछन् ।

मुस्लिम समुदायका नागरिक यो पर्वका लागि गएको असार महिनाको १६ गतेदेखि उपवास अर्थात् रोजा बसेका थिए ।

यो पर्वमा मुसलमानहरूमाझ इदगाहमा गई सामूहिक रूपमा प्रार्थना गरी आ–आफ्ना घरमा मीठो परिकार खाई खुसियाली साटासाट गर्ने चलन छ ।
यो पर्वलाई इदुल फित्र पनि भनिन्छ । इदुलफित्रको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित शिर्षकहरु