भदौ ८ । काठमाडौँ, प्रमुख चार दलले संविधान निर्माण प्रक्रिया नरोक्ने निष्कर्ष निकालेका छन् । टीकापुर घटना पछि उत्पन्न परिस्थितिको विषयमा छलफल गर्न बसेको कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकले संविधान निर्माणको प्रक्रिया सुचारू राख्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले टीकापुर घटनाको दोषीलाई कारवाही गर्नपनि सरकारसँग माग गरेको छ ।






