बन्दबाट उपत्यकाको जनजीवन आंशिक प्रभावित

banda12भदौ ७ । काठमाडौँ, आदिवासी जनजाती महासंघले आयोजना गरेको दुई दिने बन्दको दोस्रो दिन उपत्यकामा न्यून प्रभाव छ । फाट्टफुट्ट मात्रामा सवारीहरू चलेका छन् भने बन्दकर्ताहरूको सडकमा उपस्थिति छैन ।

निजी र केही भाडाका सवारीहरू चलेको भएपनि यात्रुहरू हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् । बन्दका क्रममा अहिले सम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ । उपत्यकाको बौद्ध, चावहिल लगायतका क्षेत्र अलि बढी प्रभावित देखिएका छन् भने बानेश्वर रत्नपार्क आसपासका क्षेत्रमा बन्दको असर खासै देखिएको छैन ।

सम्बन्धित शिर्षकहरु