यी ठाउँहरूमा ठुलो पानी पर्न सक्ने, सतर्क रहन विभागको अाग्रह

भदौ १५, काठमाडौ । काठमाडौँ उपत्यकामा मध्यरातमा मेघगर्जनसहित पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुशार यसको कारण मध्य पहाडी भू-भागमा विकास भएको ‘क्युमुलो निम्बस’ हो । यस बादलका कारण मेघ गर्जी काठमाडौँ उपत्यका आसपासका जिल्ला लगायत पूर्वी र पश्चिम पहाडी भागको केही स्थानमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन विभागले अाग्रह गरेको छ ।

विभागको ट्विटरमा लेखेको छ, ‘अनुसार चैत बैशाखको समयमा यसको आयु १–२ घण्टाको मात्रै हुन्छ मनसुनमा जलवाष्प यथेष्ट हुने हुँदा कहिलेकाहीँ ५–६ घण्टा सम्म रहन पनि सक्छ।बादलहरुको राजा पनि भनिने यस्तो बादल सबैभन्दा बाक्लो बादल हो। यसको मोटाई १० किलोमिटर भन्दा बढी पनि हुन सक्छ। यो आकाशको थोरै माथिदेखि १५ किलोमिटर माथिसम्म फैलन्छ।’

सम्बन्धित शिर्षकहरु