![gf/fafhL jL/uGhsf] 306f3/ rf]sdf aGb ;kmn ug{ k|bz{g ub}{ g]kfn ;befjgf kf6L{sf g]tf tyf sfo{stf{x? . tl:a/M ljhos'df/ dxtf],k;f{/f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/08/birgung-300x205.jpg)
साउन ३१ । काठमाडौँ, मोहन बैद्य नेतृत्वको माओवादी सहितका दलहरुले गरेको बन्दको क्रममा राजधानीको रत्नपार्कमा झडप भएको छ।
बन्द गराउदै हिडेका बन्द कर्तालाई प्रहरीले पक्राउ गर्न खोज्दाझडप भएको बन्दकर्ताहरुले जानकारी दिएका छन् । झडपमा कुनै अप्रिय घटना भने हुन नपाएको उनीहरुले बताएका छन् ।
यसैबीच बन्द गराउँदै हिडेका बैद्य माओवादीका दुई दर्जनबढी कार्यकर्तालाई प्रहरीले विभन्न स्थानबाट पक्राउ गरेको छ। कलंकी चोकबाट ८ जना, कालिमाटी बल्खु क्षेत्रबाट १४ जना, कोटेश्वरबाट ६ जना र रत्नपार्क क्षेत्रबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको पनि उनीहरुले जनाएका छन् ।
बन्दका कारण उपत्यका सहित देशभरको जनजीवन प्रभावित बनेको छ। बन्दमा हुने अराजक गतिविधी हुन नदिनका लागी कडा सुरक्षा परिचालन समेत गरिएको छ।
सुरक्षा परिचालका बाबजुत पनि बन्दकर्ताले बिहानै काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन्। प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो। बन्दको सिसा पूर्णरुपमा फुटेको छ।
उपत्यकामा फाट्टफुट्ट मात्र सार्वजनिक यातायतका साधन चलेका छन् भने अन्य संघस्थाहरु पनि बन्द रहेका छन्। त्यस्तै काठमाडौंबाट छुट्ने कुनैपनि सवारी साधन आज चलेका छैनन्। ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई बन्द आब्हान गरेको वैद्य माओवादीलाई जनजाति र मधेस केन्द्रीत दलहरुले पनि साथ दिएका छन्।








