काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले नेपाली सेनाका बलाधिकृत नं ११३० रथी राजेन्द्र क्षेत्रीलाई यही साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति कार्य सञ्चालनका लागि तोकेका छन् ।
राष्ट्रपति डा यादवले सैनिक ऐन, २०६३ को दफा (८), ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानसेनापति गौरवशमशेर राणा एक महिनापछि अनिवार्य अवकास हुने भएकाले उनी घरबिदामा बसनेछन्।








