साउन २४। काठमाडौँ, संविधानसभाको बैठक केहीबेर अघि सुरु भएको छ । साँझ ७ बजेका लागि हुने भनिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको हो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराइले सभाध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।
बैठक सुरु हुनासाथ सभासद्हरुले चार दलका शीर्ष नेताहरुबीच प्रदेशको सीमाङ्कनमा हिजो भएको सहमतिको विरोधमा समय माग गर्दै बोल्ने क्रम सुरु भएको छ ।








