भूकम्पपीडितलाई नेपाल एसविआई बैंकको सात करोड सहयोग

काठमाडौँ, भूकम्पपीडितको सहयोगार्थ नेपाल एसविआई बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात करोड नौ लाख ११ हजार ९१२ प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक आलोककुमार शर्माले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाललाई परेको प्राकृतिक विपद्को समयमा उदारतापूर्वक राहत र पुनःस्थापना कार्यलाई सघाउन रकम प्रदान गरेकामा बैंकलाई धन्यवाद दिँदै सहयोग रकमको सदुपयोग गरिने विश्वास दिलाए ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत भीके त्यागीलगायतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षकहरु