संविधानसभाको बैठक मधेसवादी दलबाट बहिष्कार

sambidhan-sabha-meetingसाउन १३  । काठमाडौँ, संविधासभाको बुधबारको बैठक पनि चार मधेसवादी दलले बहिष्कार गरेका छन् ।

बैठक प्रारम्भ हुनासाथ मधेसवादी सभासद्ले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि संविधासभा अध्यक्ष सुवास नेम्वाङले सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णलाई बोल्न समय दिए ।

सभासद् कर्णले संविधानसभामा १६ बुँदेदेखि अहिलेसम्म के भइरहेको छ आफूले नबुझेको र मधेसी महिला दलितले मस्यौदाका विषयमा विरोध गरिरहेका छन् भन्दै संविधान निर्माणमा केबल चार पार्टीका नेताको नाटक मञ्चन भइरहेको हुँदा यस्तो नाटक मञ्चनबाट संविधान नबन्ने बताए ।

सभासद् कर्णले एक÷दुई दिनको नागरिक सुझावबाट राज्यको दुई अर्बको ढुकुटी सकियो । पर्सा जिल्लाको केही भागमा आफूले हेर्दा त्यहाँ जनतालाई प्रवेश गर्न नदिएको सेना र प्रहरीलाई मात्र राखेर कसरी जनमत सङ्कलन हुन्छ भने।

संविधान बनाउने हो भने १६ बुँदे खारेज हुनुपर्ने, सर्वोच्च अदालतको आदेशलाई मान्नुपर्ने अन्यथा यो संविधान निर्माण प्रक्रियामा आफूहरूले भाग नलिने भन्दै उनीसहित तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र तराई मधेस सभद्भावना पार्टीका १२ सभासद् बैठक कक्षबाट बाहिरिए। ती चार दलमा ३४ सभासद् छन् ।

सम्बन्धित शिर्षकहरु