पहिरोको कारण सिन्धुपाल्चोकमा राहत वितरणमा समस्या

sindhupalchok_districtअसार ३ । काठमाडौँ, सिन्धुपाल्चोक जिल्लाको अधिकांश सडक खण्डमा पहिरोको कारण सडक अबरुद्धहुँदा राहत वितरणमा समस्या भएको छ ।

जिल्लाको तातोपानी , तिपेनी ,लिपिङ बजार, काउलेदोभान, बाह्रविसे हेलम्बुमा निरन्तर पहिरोको कारण नेपाल रेडक्रश सोसाइटीद्वारा वितरण भइरहेको चामल , दाल , तेल , लगाएतका सामान वितरणमा कठिनाई भएको नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान ताल्चाभँडेलले बताए ।

ताल्चाभँडेलका अनुशार निरन्तरको वर्षाले अधिकांश गाँउको सडकखण्ड अबरुद्ध छन् जिल्लाको हेलम्बु , गुन्सा ,बरुवा लगाएका कतिपय गाँउमा अझै राहात सामाग्री पु¥याउन सकेको छैन ।

पहिरो जानेक्रम रोकिएपछि र यातायात शुचारु हुनासाथ राहात वितरण बाँकि गाविसमा पठाउने नेपाल रेडक्रश सोसाइटी जिल्ला उपशाखा मेलम्चीका सभापती इन्द्रमणी दाहालले बताए ।

जिल्लाको पश्चिमि ३ नं क्षेत्रमा सत्र गाविस र एक नगरपालिका छन् । जसमा पाँच गाविसमा राहात सामाग्री वितरण भइसकेको छ भने अन्य बाकीँ गाविसमा यातायात सहज हुनासाथ राहात वितरण सुचारु गर्ने नेपाल रेडक्रश सोसाइटीले जनाएको छ ।

एक महिना अघि देखि डब्लुएफ्पी को संयोजकत्वमा नेपाल रेडक्रश सोसाइटीले जिल्लाभर राहात वितरण गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षकहरु