निजी क्षेत्रले देशको आर्थिक विकाशमा टेवा पुग्योः उपसभापति पौडेल

ramchandraअसार २४ । तुलसीपुर,  नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निजी क्षेत्रले मुलुकमा आर्थिक विकाशका लागि महत्वपूर्ण भुमिका खेली रहेको बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा बिहीबार आयोजना गरेको कार्यक्रमा बोल्दै पौडेलले उद्योगी ब्यवसायीहरुको संरक्षर प्रवद्धन गर्न राज्यले प्रष्ट औद्योगीक नीति ल्याउनुपर्ने समेत बताए ।

उनले नयाँ संविधान निर्माणसंगै उद्योग ब्यवसायीहरूको ब्यवसाय फस्टाउने समेत बताए । ‘नयाँ संविधान निर्माण अन्तीम चरणमा छ, समयमै संविधान जारी गरी देशमा स्थायी शान्ती कायम गर्न सके मात्र देश विकाशको गतिमा अगाडि बढ्ने छ’ –पौडेलले भने । पौडलले निजि क्षेत्रले देशको आर्थिक एवम् सामाजीक क्षेत्रमा  खेलेको भुमिकाको प्रशंसा गदै आगामि दिनमा पनि यस्तै सहयोग रहनु पर्ने बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको भेटघाट तथा स्वागत कार्यक्रममा नेपाली कांग्रेसका नेता एव सभासद दिपक गिरी, सभासदहरु राजु खनाल, डिल्ली चौधरी, अनिता देवकोटा र बहादुर लामाले बोलेका थिए ।

वाणिज्य संघले दाङमा रहेको टरिगाउँ विमान स्तरमा नियमीत उडान र स्तरउन्नति, इन्धन डिपो स्थापना लगायत यस क्षेत्रको विकाशका लागी पहल गरीदिन भन्दै पूर्व मन्त्रि एव नेपाली कांग्रेसका उपसभापति पौडेललाई ज्ञापन पत्र वुझाएको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष विरबहादुर रावतको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नेत्र वलीले गरेका थिए ।

सम्बन्धित शिर्षकहरु