अष्ट्रेलिया, मत गणनाको अन्तिम रूजु भइरहेकाले एनआरएनए अष्ट्रेलियाको निर्वाचन परिणाम घोषणामा ढिलाइ भएको नेशनल इलेक्सन कमिस्नर जोग लिम्बुले जानकारी दिए । रूजु नसकिएकाले औपचारिक परिणामा घोषणा नगरिएको उनले जानकारी दिएका हुन् । ‘ट्याली गर्दैछौँ, विभिन्न स्टेटको मत परिणाम सूचीकृत पनि भइरहेको छ, यो सकिनासाथ हामी औपचारिक घोषणा गछौँ’ उनले असनेपालन्यूजसँग कुरा गर्दै भने ।
त्यस्तै उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित भएको जिकिर गरे । ‘परिणाम बाहिर आए लगत्तै एक पक्षले निर्वाचनमा धाँधली भएको हो की भन्ने आशंका गरेको रहेछ’ उनले भने म प्रष्ट्याउन चाहन्छु मतदानमा कुनै धाँधली भएको छैन । सवै डाटा तयार पारे पछि घामजत्तिकै छर्लङ्ग हुनेछ ।’ उनले आफूलाई एनआएनएले चुनौतीपूर्ण कार्य सुम्पिएको भन्दै त्यसलाई जिम्मेवारीपूर्वक पुरा गर्न धेरै कसरत गरेको बताए । मलाई साथीहरूले गर्नु भएको विश्वासप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । निर्वाचनमा विजयी हुने सवैलाई बधाई पनि दिन चाहन्छु । पराजित हुने साथीहरूलाई परिणाम स्वीकारेर अघि बढ्न अनुरोध गर्दछु ।’ उनले कुराकानीमा भने ।
उनका अनुसार अवको तीन घण्टामा निर्वाचन समितिले औपचारिक मत परिणाम सार्वजनिक गर्नेछ ।








