संविधान सभाभित्र तोडफोड गर्ने सभासद कार्बाही गर्न चुनौती दिन्छन

असार १९ । काठमाडौं,संविधानको मस्यौदा प्रस्तावनामा राखिएका केही बिषयको विरोध गर्दै संविधान सभा भवनभित्र तोडफोड गर्ने राप्रपा नेपालका सभासद दिनेश श्रेष्ठले आफुलाई कार्बाही गरेर देखाउन चुनौती दिनु भएको छ । उहाले शुक्रबारको बैठकमा संविधान सभा हलको कुर्सी र माइक तोडफोड गरेको स्विकार गर्दै कारवाहि गरेर देखाउन चुनौति दिनु भएको हो ।
नारावाजीकै बीचमा कुर्सी माथि चढेर तोडफोड गरेको संञ्चारकर्मीसँग बताउँदै उहाले तोडफोड गर्ने अन्य सभासदलाई कारबाहि नभएकोले आफूलाई कारवाहि गरेर देखाउन चुनौति दिनु भयो । राप्रपा नेपालले नयाँ संविधानको मस्यौदा प्रस्तावनामा राखिएको ‘समाजवाद उन्मुख’ भन्ने शब्द, धर्म परिवर्तनको अधिकारलार्इ मौलिक हकमा राखिएको र स्थानीय निकायको निर्वाचन ६ महिनाभित्र गराउने भन्रे सहमतिलार्इ समावेश नगरिएको भन्दै बैठकमा नारावाजी गरेको थियो।

सम्बन्धित शिर्षकहरु