असार ६ । काठमाडौँ, प्रमुख दलहरूबीच अध्यादेश बाटै पुर्ननिर्माण प्राधिकरण बनाउने सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकले अध्यादेश मार्फत पुनर्निमाण प्राधिकरण बनाउने सहमति गरेको हो ।
गएको वैशाख १२ गतेको भूकम्प र त्यस यताको पराकम्पबाट क्षतिग्रस्त बनेका संरचना निर्माणका लागि अधिकार सम्पन्न पुनर्निमाण प्राधिकरणको अवधारणा दलहरूले अगाडि सारेका थिए । यद्यपी दलहरूबीचमा प्राधिकरण बनाउने विषयमा सहमति भएपनि प्रमुख को बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । अध्यादेश मन्त्रिपरिषद्को बैठकले पास गरेर राष्ट्रपतिले लागू गर्ने प्रावधान छ ।








