वर्षा सुरु भएको लगत्तै तराईका सयौँ वस्ती डुबानमा

असार ४ ।सर्लाही, गएरातीदेखि सुरु भएको वर्षाका कारण सर्लाही, महोत्तरी, रौतहट, धनुषा लगायतका जिल्लाका सयौँ वस्ती डुबानमा परेका छन । वर्षाका कारण सर्लाहीको लालबन्दी, ईश्वरपुर, कालिन्जोर, परवानीपुर, पत्थरकोट, अत्रौली, गौरीशंकर, नारायणखोला लगायतका उत्तरी क्षेत्रको दर्जनौ घरहरुमा बाढी पसेको कारण याँहाका बासिन्दाहरु आपतमा परेका छन ।
बाढीले सर्लाहीको बाँके, फूलजोर, लखन्देही, बागमती खोलाले खेतीयोग्य जमिन कटान गरेको छ । वर्षाका कारण सर्लाहीको पूर्व पश्चिम राजमार्गका ठाउँ ठाउँमा भत्किएको छ भने रुखहरु ढल्दा यातायात सन्चालनमा समस्या देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले बाढीले जिल्लामा पुर्याएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।महोत्तरीको रातु नदीमा बाढी आएपछि आज बिहानै देखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध भएपछि महात्तरीको बर्दिवास र धनुषाको लालगढमा यातायातको लाम लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तुलसीप्रसाद उपे्रतीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु