‘सत्ता बाँडफाँडमा कुनै सहमति भएकै छैन’

prachanda111असार १ । काठमाडौँ,  कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीलगायत प्रमुख पदमा दलहरूबीच भागबण्डा नभएको प्रतिक्रिया दिएको छ । संविधान जारी भएपछि प्रमुख पदमा निर्वाचन गर्ने सहमति पहिल्यै भए पनि १६ बुँदे सहमति गर्ने क्रममा कुन–कुन दलले के पाउने भन्नेबारे कुनै समझदारी नभएको बताएको हो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएपछि सुशील कोइरालाले राष्ट्रपति र केपी ओलीले प्रधानमन्त्री पाउने सहमति भएको आइतबार सार्वजनिक गरेका थिए । कांग्रेस सह महामन्त्री पूर्णबहादुर खडकाले दाहालको सार्वजनिक अभिव्यक्ति अपरिपक्व रहेको बताउँदै १६ बुँदे सहमतिका बेला त्यस्तो कुनै सहमति नभएको बताए ।

राष्ट्रिय सहमतिको सरकार निर्माणका विषयमा छलफल भए पनि त्यसको नेतृत्व कसले लिने भन्नेबारेमा छलफल नभएको उनको दाबी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु