काठमाडौँ, सञ्चारकर्मी मधु शाहीको ‘बुद्धका आँखा हेर सालिन छन् अझै’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ .
कला, साहित्य र गीतसङ्गीतका समाचारमा कलम चलाउँदै आएकी सञ्चारकर्मी शाहीको यस रचना आज सार्वजनिक गरिएको हो ।बिहिबार राजाधानीमा आयोजित एक कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सङ्गीतकार शम्भुजित बाँस्कोटाले सो म्युजिक भिडियो सार्वजनिक गर्नुभयो ।
भूकम्पबाट भएको विनाशलाई विकासमा बदलौँ भन्ने सन्देशयुक्त उक्त गीतमा कलाकार ज्योतिप्रकाश विकले स्वर र सङ्गीत भर्नुभएको छ ।







