प्रधानमन्त्रीलाई राजीनामा गर्न एमालेको यस्तो दबाब

 जेठ २२ । काठमाडौँ,  सत्ता साझेदार एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्नुपर्ने दबाब दिएको छ। कांग्रेसलाई सत्तामा डेढ वर्ष साथ दिएको एमालेले संविधानका अन्तरवस्तुमा दलहरू सहमतिनजिक पुगेपछि अबको सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

कांग्रेससँग भएका पछिल्ला वार्ताहरूमा एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्रीले राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने नयाँ माग राख्दै आएको हो।

सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमाओवादीसँग नजिकिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व छोड्न दबाब दिएको हो। एमालेको यस्तो मागलाई प्रतिपक्षी एमाओवादीले पनि साथ दिएको छ।यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु