जेठ, १८ । काठमाडौँ, नेपाल आयल निगमलेले पेट्रोलियम पदार्थको मूल्य तत्कालका लागि स्थगन गरेको छ । भूकम्पपछि राहत आइरहेका बेला निगमले मूल्य बढाउनु उपयुक्त नभएको भन्दै निर्णय स्थगन गरेको निगमका प्रवक्ता मकुन्द घिमिरेले जानकारी दिनुभयो ।
यसअघि आजै बसेको निगम व्यवस्थापन समितिको बैठकले आजै राती १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको थियो । उसले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाएको थियो ।
‘अब पहिलेकै मूल्यमा पेट्रोलियम पदार्थ पाइन्छ, बढेको छैन’ घिमिरेले भन्नुभयो ‘तत्कालका लागि स्थगन गरेका छौँ ।’








