वायुसेवा निगमको महाप्रवन्धकमा सुगतरत्न कंशाकार नियुक्त

जेठ १४ । काठमाडौँ, नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा सुगतरत्न कंशाकार नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कंशाकारलाई महाप्रवन्धकमा नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा संजिव गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले गत वैशाख १२ गतेको महाभूकम्प र त्यसयताका पराकम्पनहरूका कारण मुलुकमा ठूलो विपत्ति आइलागेको भन्दै यसवर्षको गणतन्त्र दिवश नमनाउने निर्णय समेत गरेको छ ।

सम्बन्धित शिर्षकहरु