जेठ ११ । न्याय क्षेत्रमा इमान्दार र स्वच्छ छवि भएका व्यक्तिका रुपमा परिचित सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले गएराति आफ्नै घरभित्र आत्महत्या गर्नुभएको छ । ज्ञानेश्वरस्थित आफ्नै घरमा ‘सुसाइड नोट ’ लेखेर उहाले आत्महत्या गर्नुभएको प्रहरीले जनाएको छ ।
उहाले ‘सुसाइड नोट’ मा आफूले आत्महत्या गर्नुको दोष नेपाल बार एसोसिएसनलाई लगाउनु भएको बुझिएको छ । अवकाश प्राप्त न्यायाधीशले सर्वोच्च अदालतमा अभ्यास गर्न नपाउने निर्णय नेपाल बारले गरेपछि न्यायाधीश उप्रेतीले असन्तुष्टि जनाउँदै आउनु भएको थियो ।
बारको सोही निर्णयबाट आफू मर्माहित भएको भन्दै आत्महत्या गरेको उहाँको ‘सुसाइट’ नोटमा उल्लेख रहेको उहाँका आफन्तले सञ्चार माध्यमहरूलाई जानकारी गराएका छन् । यद्यपी उहाँको ‘सुसाइड नोट ’ मा इच्छामरण लेखिएको छ । ‘इच्छामरण हो । शव अस्पताललाई दान दिनू। काजकिरिया खर्च रु पाँच लाख भूकम्पपीडितलाई दिनू,’ सुसाइड नोटमा अगाडि लेखिएको छ ।महाराजगन्जस्थित शिक्षण अस्पतालमा स्वर्गीय उप्रेतीको शव पोस्टमार्टम भैरहेको छ ।








