बैशाख ३१ ।काठमाडौ,प्रधानमन्त्री शुसील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन बार्ता गएको छ ।
टेलिफोनवार्ताको क्रममा मोदीले नेपालमा दोस्रो पटक गएको धनजनको भुकम्प र क्षति प्रति दुख ब्यक्त गर्दै नेपाललाई बिपत्ति परेको बेला छिमेकीको नाताले भारतले सबै खाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
उहाले अहिले राहत र उद्दारमा सहयोग गरिरहेको र यसलाई अझै केही समय जारी राख्ने भन्दै तत्कालिन पुर्नबासमा पनि भारतले सघाउने बताउनु भएको थियो । मोदीले त्यसपछि पुर्ननिर्माणको क्रममा पनि आफू सक्दो सहयोग गर्न तयार रहेको भन्दै त्यसको योजना बनाउन आग्रह गर्नु भएको थियो । मोदीले प्रधानमन्त्री कोइरालालाई पुर्ननिर्माणको योजना बनाएर दिए त्यसमा सबै खाले सहयोग गर्न तयार रहेको बताएका थिए ।
कोइरालाले भारतले नेपाललाई विपत्ती पर्दा गरेको सहयोगको सराहनीय गर्नु भएको थियो ।








