काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट’सेन्टोरस’ भारतसहित २० देशमा फैलिएको छ ।
फैलावट धेरै छिटो हुने यो भाइसर ओमिक्रोनको नयाँ सब-भेरियन्ट हो । नेचर जर्नलमा प्रकाशित रिपोर्ट अनुसार सेन्टोरस अर्थात् बी.ए. २.७५ संक्रमितको संख्या भारतमा बढे पनि अस्पताल भर्ना हुने दर भने बढेको छैन ।
भारतमा मे महिनादेखि १ हजार नमूनाको जीनोम सिक्वेन्सिङ गरिएको थियो, जसमध्ये दुई तिहाइ बीए २.७५ को थियो। रिपोर्टका अनुसार बीए २.७५ मा ए४५२आर म्युटेसन छ, जसले पुनः संक्रमणको जोखिम बढाउँछ।
वैज्ञानिकहरू ओमिक्रोनको सब-भेरियन्ट ‘सेन्टोरस’ अर्को विश्वव्यापी कोरोना भेरियन्ट हुन सक्ने अनुमान गरेका छन्।








