नेपालमा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ३५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ३३७ जनाको पिसिआर र एक २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २०८ जना सक्रिय संक्रमित छन्।

२० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

सम्बन्धित शिर्षकहरु