काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुग्यो, यी स्थानमा देखियो हैजा

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ ।

नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।

तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

सम्बन्धित शिर्षकहरु