ठुलो आँधीका कारण क्यानडामा कम्तीमा १० जनाको ज्यान गयो

एजेन्सी- क्यानडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । गएको आइतबार र सोमबारका दिन क्यानडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो ।

सो आँधीबाट आइतवार र सोमवारका दिन १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रतिघन्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर त्यहाँका केहि भौतिक संरचनाहरू पनि भत्किएका छन् ।

आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् । क्यानडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरू ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पुगेको छ । ​यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर गरेको बताइएको छ । आँधीका कारण कयौंको दैनिकी निकै कष्टकर भएको स्थानीय समाचार माध्यमहरुले जनाएका छन।

त्यहाँको वातावरण क्यानडा नामक संस्थाका अनुसार आँधीबेहरीको समयमा हावाको वेग ८२ माइल प्रतिघन्टा थियो । ओटारियो समेट्ने उर्जा कम्पनी हाइड्रो वनले हरेक घरलाई पुनः जडान गर्न धेरै दिन लाग्ने जनाएको छ । आँधी कै कारण कयौं अझै पनि बिद्युत बिना नै अध्यारोमा बसिरहेको स्थानीय पत्रपत्रिकाहरुले जनाएका छन।

यसैबीच हाइड्रो क्युबेकले त्यहाँका ५लाख ५० हजार घरमा बिजुली नभएको र झण्डै ४ लाख भन्दा धेरै घरमा अझै पनि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ । दुई घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली आँधीले धेरै रुखहरू ढलेका छन, यातायात अवरुद्ध भएका  र घरहरूमा क्षति पुगेको छ । अग्नि नियन्त्रक र कर्मचारीले ओटावाको सडकमा कारहरूमा ढलेका पोल र तारहरू हटाउन प्रयास गरिरहेका छन । क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका कारण ढलेका रुख र ओटवा नदीमा एउटा डुंगा पल्टिदा समेत मानवीय क्षति भएको थियो।

सम्बन्धित शिर्षकहरु