सिड्नी । गुल्मी समाज अष्ट्रेलियाले नयाँ वर्ष बिशेष कार्यक्रम गर्ने भएको छ। गुल्मी समाज अष्ट्रेलियाले नेपालीहरूको आऊदै गरेको नयाँ वर्ष २०७९ को अवसरमा बिशेष कार्यक्रम गर्ने भएको छ ।
गुल्मी जिल्ला घर भई हाल अष्ट्रेलिया बसोबास गर्दै आएका नेपालीहरूको समाज गुल्मी समाज अष्ट्रेलियाले यही १६ अप्रिल, २०२२ दिउसो १२.३० बजेदेखि ५ बजे सम्म Black Muscat park, Chopping Norton भन्ने स्थान मा उक्त कार्यक्रम गर्दै छ ।
कार्यक्रममा बार्बिक्यू, नाचगान र बालबालिकाहरूको लागि मनोरन्जनात्मक लगायतको कार्यक्रमहरू संगै नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान-प्रदान समेत गरिने बताइएको छ।
करिब दुई वर्षदेखि कोभिड-१९ अर्थात्को रोना महामारीको कारण गुल्मेली जन-मनहरू एक ठाउॅमा भेला हुन सकेका अवस्था थीएन, त्यसैले उक्त कार्यक्रममा संख्यात्मक हिसाबले पनी धेरै भंदा धेरै जनाको उपस्थिति रहने पाइएको छ।
उक्त कार्यक्रमले संसारको जुन सुकै कुनामा रहे पनी आफ्नो भाषा, धर्म, स्थान कहिले पनी नर्बिसने,आफ्नो माटोको माया जहाँ रहेपनि अमिट रूपमा रहिरहने, आफ्नो मौलिकपनको झल्को समेत दिने छ ।
यसरी बेलामौका आयोजना गरिने कार्यक्रमहरुले कामको सिलसिलामा प्रवासमा रहनु भएका नेपाली दाजुभाइ,दिदीबहिनीको एक आपसमा भेटघाट , भाइचाराको सम्बन्ध पनि दिगो हुने साथै आफ्नो रहनसहन र संस्कृतिको समेत जगेर्ना हुने कुरा गुल्मी समाज अष्ट्रेलियाले जनाएको छ।








