काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन्। उहाँले पछिल्लो समयमा विभिन्न आमसभाहरुमा देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने कुरा व्यक्त गर्नु हुन्छ । नेताले त जनातको सेवक बन्नु पर्ने , आफ्ना देशका जनता कस्तो अवस्थामा छन त्यो कुराको हेक्का समेत राजनीतिक दलका नेताले राख्नु पर्छ भनेर उहाँले भनेका छन।
अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही व्यक्ति राप्रपामा प्रवेश गरेका भए चाडै फर्किन सुझाव दिए। ‘भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो’, उनले भने।
राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे। राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने समेत उनले बताएका छन।
अहिले राज्यका कुनै पनि अंगले आफ्नो काम नगरेको उनको दाबी छ। ‘अहिले सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन र संसद संसद जस्तो छैन,’ उनले भने। देशमा बढेको भ्रष्टाचार र अनियमितताका कारण देश श्रीलङ्का बन्ने अवस्थामा पुगेको लिङ्देनको जिकिर छ। ‘भ्रष्टाचार र कालोबजारी मौलाएको छ, बैंकमा पैसा राख्न स्रोत देखाउनुपर्छ, त्यसैले पैसा बैंकमा छैन,’उनले भने,‘छापिएका नोट जति भ्रष्टाचारीको घरमा थुप्रिएर बैंक रित्ता भएका छन्। देश श्रीलङ्का बन्ने खतरामा छ।’ संघियताको तीन तह देश धान्न सक्दैन भन्ने कुरा पाँच वर्षमै पुष्टी भएको उनले उल्लेख गरे। त्यस्तै ‘देशको ठूलो ढुकुटी खर्चेर कर्मचारी र जनप्रतिनिधि पाल्ने व्यवस्था ठिक होईन भन्ने कुरा यो पाँच वर्षमै पुष्टी भएको छ,’भन्ने कुरा पनि हामि सामु छर्लङ्ग भएको उहाँले भन्नुभएको छ। गलत पार्टी र नेतालाई चुनावमा जिताउँदा देशले दुःख पाउने भन्दै अध्यक्ष लिङ्देनले मत हाल्दा विवेक पुर्याउन हुन सम्पूर्ण मतदातासँग आग्रह गरेका छन। [Ausnepalnews:Kathmandu]








