उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पूर्वी युरोपमा थप सैन्य बल पठाउने..

एजेन्सी- उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो; North Atlantic Treaty Organization: NATO) ले अब पूर्वी युरोपमा थप सैन्य बल पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा उच्च अधिकारी बिच कुराकानी भइरहेको र सम्भवतः नेटो आबद्ध देशहरूले यसलाई सहमति प्रदान गर्ने बताउनु भएको छ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उहाँले याे धारणा राख्नुभएको हो । उहाँले अहिले युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको भन्दै आफ्नो विचार व्यक्त गर्नु भएको छ । उहाँले उक्त पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध देशहरूले यसलाई समर्थन गर्नुहुने छ ।’ यसरि पूर्वि युक्रेनमा आवश्यकता अनुसार हामी थप सैनिक पठाउने भन्ने बिषयमा सोच्ने छौ र आवश्यकता अनुसार सैन्य बल थप्न सकिने समेत उक्त पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ। [Ausnepalnews:Kathmandu]

सम्बन्धित शिर्षकहरु