ललितपुरको नल्लुमा २ दिनकाे शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् ।

४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई दिने शिशुको भने उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

ज्यान गुमाउनेहरूमा ५५ वर्षीया काइँली स्याङतान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय बालक आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतान रहेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

यो घटनामा २३ वर्षीय सुभाष स्याङतानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा अहिले प्रहरीले डाक्टरसहित अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घरभित्र आगो बालेको कोइला र केही बान्ता गरेको देखिएको छ।

सम्बन्धित शिर्षकहरु