काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प प्रविधि मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर २८ मिनेटमा सिन्धुपाल्चोकको चाकु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।
‘सिन्धुपाल्चोक जिल्लाको चाकु आसपास १४ बजेर २८ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ,’ केन्द्रले भनेको छ ।








