लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै,एमालेले सभा बहिष्कार गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमालले आफ्ना पार्टीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएपनि मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गरेका हुन् । यसको लागि सभामुख पूर्णबहादुर घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै मार्शल लगाएर पनि यो प्रक्रिया अगाडि बढाउने तयारी भएको हो ।

लुम्बिनीका ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तयारी भएको बताए । एमालेले भने बल प्रयोग गरेको खण्डमा आफूहरूले यसकोएमालेले सशक्त प्रतिवाद गर्ने बताएको छ ।

संविधानको धारा १६८ उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी गत २८ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित शिर्षकहरु