‘हाम्रो प्रणालीले नथाम्ने निश्चित छ,सबैको बाच्ने र बचाउने रहर पूरा गर्न सहयोग गरौं’

काठमाडौं । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारसँग उपलब्ध प्रणालीले नधान्ने निश्चित भएको बताएको छ । कोभिड संक्रमणको दर बढ्दै जाँदा सरकारसँग उपलब्ध स्रोत साधनले धान्न नसक्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

“महामारी बढ्दो रुपमा गएको छ । हाम्रो हाम्रो प्रणालीले थेग्न नसक्ने महामारी हुँदा प्रायः हामीले दुःख पाउने निश्चित छ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा भने, “अहिले को निजी को सरकारी तथा यो संघ, प्रदेश तथा स्थानीय निकायको जिम्मेवारी भन्ने समय र छुट छैन । सबैले आआफ्नो तहबाट सहयोग गरौं ।”

सबै मिलेर लडेमात्रै कोरोनाविरुद्ध विजय प्राप्त गर्न सक्ने उनको भनाइ छ । पौडेलले सबैको बाच्ने र बचाउने रहर पूरा गर्न सहयोग गर्न सबैसँग आग्रह गरे ।

सम्बन्धित शिर्षकहरु