प्रचण्ड- माधव समूहको आमहाडताल: अष्टलक्ष्मी शाक्यसहित नेकपाका नेता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड(माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

यसैबीच कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छन्। उनीसँगै हितमान शाक्य, अमृता थापालगायत नेताहरु पनि पक्राउ परेका छन्।

गृहमन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द गर्दै हिँड्नेहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो। संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड-माधव समूहले आज देशभरि आम हड्ताल गर्ने घोषणा गरेको छ। बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

सम्बन्धित शिर्षकहरु