बझाङकी सम्झनाको बलात्कार/हत्या आरोपित बोहरा झ्याल फोरेर फरार

काठमाडौं । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्काररहत्या आरोपमा प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र बोहरा बिहीबार राति भागेका छन्।

पुर्पक्षका लागि डोटीस्थित बाल सुधार केन्द्रमा राखिएका उनलाई कोरोना संक्रमण भएपछि यही मंसिर ६ देखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

त्यहींबाट उनी राति १० बजेतिर फरार भएको डोटी जिल्ला प्रहरीले जनाएको छ । उनका अनुसार उनी आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन्।
‘
बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन्। उनको जन्ममिति विवादित भए पनि परिवारले उनी नाबालिग नै रहेको दाबी गरेपछि उनलाई सुधार गृहमा राखिएको हो।

सम्बन्धित शिर्षकहरु