काठमाडौं । काठमाडौं उपत्यकामा ८७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा काठमाडौंका ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।
योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ६७४ पुगेको छ चने ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ । काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८७८ पुगेको छ।
आज देशभर ३६० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ७ सय ५० पुगेको छ।








