चारदिन ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । सोमबार रातिदेखि नेपालको विभिन्न ठाँउमा चारदिन ठस्लो वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाको मौसमी बुलेटिन अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको भारी वर्षा हुने सम्भावना देखिएको हो।

महाशाखाका अनुसार सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबारट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

महाशाखाले शनिबार नै जारी गरेको विशेष मा भनिएको छ, ‘त्यसैले ती स्थानका नदी खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

‘

सम्बन्धित शिर्षकहरु