नेपालमा ४८२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

सम्बन्धित शिर्षकहरु