सुनको मूल्यले कायम गर्‍यो ऐतिहासिक रेकर्ड कति पुग्यो तोलाको  ?

काठमाडौं । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो नै अहिले सम्मको उच्च भाउ हो ।

शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९४५ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य ९ सय ४५ रुपैयाँमा कायम छ। यो मूल्य शुक्रबारको तुलनामा ५ रुपैयाँले बढी हो।

सम्बन्धित शिर्षकहरु