संसदीय विशेष समितिद्वारा रुकुम घटना छानबिन कार्य सुरु

काठमाण्डौ। संसदीय विशेष समितिले पश्चिम रुकुममा नवराज विक लगायत ६ जनाको सामुहिक हत्या प्रकरणको अनुसन्धान कार्य स्रुरु गरेको छ ।
उक्त्त घटना अनुसन्धानको लागि गठन भएको संसदीय विशेष समितिले बिहीबारदेखि प्रारम्भिक छलफल सुरु गरेको छ।

समितिले सभामुख अग्निप्रसाद सापकोटालाई औपचारीक रुपमा भेटगरेर प्रारम्भिक छलफल सुरु गरेको छ।

अनौपचारिक रुपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल सुरु भएको समितिका संयोजक देवेन्द्र पौडेलले बताए ।

उनका अनुसार संविधान संशोधनका लागि मतदान गरेलगत्तै अनुसन्धान टोली रुकुमको चौरजहारी पुग्ने कार्यक्रम रहेको छ ।

उनले कार्यविधि बनाउनेदेखि लिएर सबै निकै गम्भिरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

” नेपालको खासगरी अनुसूची फेरेर संविधान संशोधन गर्ने र नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपाल भित्र ल्याउने ऐतिहासिक दिन भएको छ ” उनले भने, ” भोट हालेर हामी लगत्तै त्यसपछि सम्मानित सदनले दिएको जिम्मेवारी कार्यदल (संसदीय समिति)को जिम्मोवारी पुरा गर्नको निम्ति हामी जाने छौं।”

प्रतिनिधि सभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानविनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो।

समितिका सदस्यहरुमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाईली (स्नेही), बिमला बि.क., महेश्वरजंग गहतराज (अथक), मिनबहादुर विश्वकर्मा, र रामसहायप्रसाद यादव रहेका छन्।

सम्बन्धित शिर्षकहरु