काठमाडौं । कोरोना भाइरस महामारीका कारण बन्द रहेको अन्तरिक उडान असार १७ गतेदेखि सन्चालनमा ल्याइने सहमति भएको छ ।
आइतबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच भएको बैठकमा यस्तो निर्णय गरिएको हो ।
बैठकले पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने, दोस्रो चरणमा देशका सबै स्थानमा हवाई सुचारु गर्ने र तेस्रो चरणमा अन्तराष्ट्रिय उडानलाई समेत सुचारु गर्ने सहमति भएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले बताएका छन ।
असार १६ गते सम्मका लागि हवाई उडानहरु स्थगित गरिएको थियो ।
गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण पटकपकट गरि जेठ ३२ गते सम्म जारी कारण यातायता, कलकारखाना, विद्यालय तया विश्व बिद्यालयहरु पूर्ण रुपमा बन्द छन ।








