कोरोनाको बीमालेख घरबाटै खरिद गर्न सकिने, एनआईसी एशियाले शुरु गर्‍यो नयाँ पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बीमालेख खरिद गर्ने सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ । बैंकले यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त पोर्टल शुरु गरेको हो ।

बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com) मार्फत नवीनतम प्रयोग थालेको हो । जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नेछन् ।

सहज तथा सरल बैकिङ्गको अंगीकार गरेको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख १ लाख रुपैयाँ र दोस्रो श्रेणीको बीमालेख ५० हजार रुपैयाँ रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः एक हजार रुपैयाँ र ५ सय रुपैयाँ लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६ सय रुपैयाँ र ३ सय रुपैयाँमा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

सम्बन्धित शिर्षकहरु