शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ । उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।

सम्बन्धित शिर्षकहरु